भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी २ हजार भन्दा बढी ब्यबसायीहरु सहभागि हुने

दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी २ हजार भन्दा बढी ब्यबसायीहरु सहभागि हुने

काठमाडौं । दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ मा सहभागी हुनका लागि आध दर्जन भन्दा बढी देशका प्रकाशक तथा लेखहरु काडमाण्डौ पुगी सकेका छन् । पठन संस्कृतिको विकास र पठन शैलीको निरन्तरताका लागि भन्दै बुधबार देखि हुने प्रर्दशनीमा चिन,भारत,जिम्बाबे,थाईल्याण्ड,श्रीलका,क्यानडा र बगलादेशका प्रकाशक तथा लेखकहरु काठमाण्डौ पुगी सकेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरले बताए ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रर्दशनी हुन लागेको प्रर्दशनी पौष १७ गते देखि २१ गते सम्म हुने छ । प्रर्दशनीका प्रमुख उदेश्य भनेको सामाजिक रूपान्तणका लागि चेतना चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको आवश्यकता पर्ने कुरालाई आत्मसात गरी प्रर्दशनी आयोजना गर्न लागेको महासंघका अध्यक्ष शिव सागरले बताए ।

प्रदर्शनीमा १ सय ५० स्टलहरू हुनुका साथै मंगलबार साझ सम्म अझै केही विदेशी लेखक प्रकाशहरु थपीन सक्ने महासचीब बिष्णु प्रसाद पौडेलले बताए । उनले भने प्रर्दशनीमा पुस्तकका साथै शैक्षिक सामग्री प्रदर्शनमा राखिने छ ।

प्रदर्शनीमा देशभरबाट मात्र नभई दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूको समेत सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको आयात, निर्यात वितरणमा सहकार्य एवं सहजीकरणको वातावरण बन्नुका साथै यस महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौं अध्यक्ष सागरले भने ।

यो एउटा पुस्तक प्रर्दशनी मात्र नभएर शिक्षा क्षेत्रको कुम्भ मेला हो, मेलामा देश विदेशक बिषय बिज्ञहरु सग छलफलका साथै बहस कार्यक्रम समेत रहेको छ । प्रर्दशनीमा देशभरबाट पुस्तक सग जोडिएका २ हजार भन्दा बढी ब्यबसायी र विदेशबाट एक सयभन्दा बढी पाहुनाहरु आउनुका साथै एक दर्जन भन्दा बढी देशका प्रकाशकहरुले प्रर्दशनीमा सहभागिता जनाउने छन् ।

 


Thali Mobile Pvt.Ltd.