काठमाडौं । दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ मा सहभागी हुनका लागि आध दर्जन भन्दा बढी देशका प्रकाशक तथा लेखहरु काडमाण्डौ पुगी सकेका छन् । पठन संस्कृतिको विकास र पठन शैलीको निरन्तरताका लागि भन्दै बुधबार देखि हुने प्रर्दशनीमा चिन,भारत,जिम्बाबे,थाईल्याण्ड,श्रीलका,क्यानडा र बगलादेशका प्रकाशक तथा लेखकहरु काठमाण्डौ पुगी सकेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरले बताए ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा प्रर्दशनी हुन लागेको प्रर्दशनी पौष १७ गते देखि २१ गते सम्म हुने छ । प्रर्दशनीका प्रमुख उदेश्य भनेको सामाजिक रूपान्तणका लागि चेतना चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको आवश्यकता पर्ने कुरालाई आत्मसात गरी प्रर्दशनी आयोजना गर्न लागेको महासंघका अध्यक्ष शिव सागरले बताए ।
प्रदर्शनीमा १ सय ५० स्टलहरू हुनुका साथै मंगलबार साझ सम्म अझै केही विदेशी लेखक प्रकाशहरु थपीन सक्ने महासचीब बिष्णु प्रसाद पौडेलले बताए । उनले भने प्रर्दशनीमा पुस्तकका साथै शैक्षिक सामग्री प्रदर्शनमा राखिने छ ।
प्रदर्शनीमा देशभरबाट मात्र नभई दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूको समेत सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको आयात, निर्यात वितरणमा सहकार्य एवं सहजीकरणको वातावरण बन्नुका साथै यस महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौं अध्यक्ष सागरले भने ।
यो एउटा पुस्तक प्रर्दशनी मात्र नभएर शिक्षा क्षेत्रको कुम्भ मेला हो, मेलामा देश विदेशक बिषय बिज्ञहरु सग छलफलका साथै बहस कार्यक्रम समेत रहेको छ । प्रर्दशनीमा देशभरबाट पुस्तक सग जोडिएका २ हजार भन्दा बढी ब्यबसायी र विदेशबाट एक सयभन्दा बढी पाहुनाहरु आउनुका साथै एक दर्जन भन्दा बढी देशका प्रकाशकहरुले प्रर्दशनीमा सहभागिता जनाउने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । लेबनामा २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको छ । लेबनानी अधिकारीहरूले लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण गर्ने २५ जनालाई पक्राउ गरेको जनाएको हो । संयुक्त राष्ट्र र...
खोटाङ । खोटाङमा भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः नष्ट भएको छ। हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको आगलागीबाट होटल तथा कार्यालय...
काठमाडौँ । सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । नेपाली बजारमा आइतबार सुनको मुल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि...
काठमाण्डौ । प्राविधिक ज्ञानको कमीका कारण दुर्घटना भएको छ । पोखरामा भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमीका कारण भएको विज्ञहरुले बताएका हुन । पोखरा भ्रमण वर्षको शुभारम्म कार्यक्रममा...