भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

रौतहटमा यात्रुवाहक बस पल्टिँदा एकजनाको मृत्यु,१३ जना घाइते

रौतहटमा यात्रुवाहक बस पल्टिँदा एकजनाको मृत्यु,१३ जना घाइते

काठमाडौं । रौतहटमा यात्रुवाहक बस पल्टिँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। शनिबार सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना७ख ८४१४ नम्बरको यात्रुबाहक बस जयनगर चोकमा अनियन्त्रित भई पल्टिएको हो।

घाइते हुनेमा महिला तथा बालबालिकाको संख्या बढी छन्। बस पल्टिएर माधव नारायण नगरपालिका ३ भेलही गाउँकी १८ वर्षीया नेहा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

दुर्घटना भएको बसमा १५ देखि २० जना सबार रहेका थिए। दुर्घटना भएको बसका चालक फरार भएका छन्। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पुरानो बसलाई तीव्र गतिमा कुदाएका कारण अनियन्त्रित भएको हुनसक्ने स्थानीयको अनुमान छ।

 

 


Thali Mobile Pvt.Ltd.