भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आफ्नै घरमा आगो लगाएपछि प्रहरीको फन्दामा ….

आफ्नै घरमा आगो लगाएपछि प्रहरीको फन्दामा ….

गुल्मी । तपाइलाई अच्चम लागन सक्छ आफ्नै घरमा आगो लगाउने मानिस पक्राउ परे भन्दा । हो गुल्मीमा यस्तै भएको छ । गुल्मी प्रहरीले आफ्नै घरमा आगो लगाउने एक जना पक्राउ परेको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियारले आफ्नै घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घरमा आगो लागेपछि अलपत्र अवस्थामा रहेकी रेखबहादुरकी श्रीमतीलाई जिल्ला प्रशासन कार्यालयले राहत रकम उपलब्ध गराएको छ ।

परियारले अत्यधिक मात्रमा जाँड–रक्सी आएर आफू बस्ने घरमा आगो लगाएका थिए । आगलागीबाट घरभित्र रहेको अन्नपात एवम् लत्ताकपडा जल्नुका साथै घरसमेत जलेर नष्ट भएको छ ।

 


Thali Mobile Pvt.Ltd.