भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायली सेनाले नियन्त्रणमा लिएका धेरै व्यक्तिको हत्या

इजरायली सेनाले नियन्त्रणमा लिएका धेरै व्यक्तिको हत्या

एजेन्सी । गाजाको अस्पतालबाट दुई सय जनाको शव निकालिएको छ । खान युनिसको नासेर अस्पतालबाट उक्त लाश निकालिएका हुन । अस्पताललाई इजरायली सेनाले नियन्त्रणमा लिएको थियो । इजरायली सेनाले नियन्त्रणमा लिएका धेरै व्यक्तिको हत्या भएको हमासले दावी गरेको छ ।

गाजामा विद्रोही समूह हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीकाअनुसार यी शवहरू सामूहिक चिहानमा गाडिएको अवस्थामा फेला परेका हुन् । शवहरूलाई अस्पताल छेउ गाडेको पाइएको बीबीसीले जनाएको छ । सन् २०२३ को अक्टोबरमा इजरायलमा हमासले आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा व्यापक सैन्य कारबाही गरिरहेको छ ।

इजरायलले अस्पतालमा शव फेला परेको विषयमा थप अनुसन्धान गरिरहेको खबरमा उल्लेख छ । खान युनिस अस्पताल वरपरको क्षेत्रमा केही हप्तासम्म भएको युद्धपछि इजरायली सेनाहरू दुई हप्ता अघि त्यहाँबाट पछि हटेका थिए ।

 


Thali Mobile Pvt.Ltd.