भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तीन प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह

तीन प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाण्डौ । आइतबार तीन प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

देशका सबैजसो ठाउँमा सामान्यदेखि पूर्ण बदली रहेर धेरै ठाउँमा सामान्य वर्षाको सम्भावना छ । महाशाखाले अबको तीन दिनसम्म गण्डकी प्रदेशसहित पश्चिमका सबैजसो ठाउँमा पानी पर्ने अनुमान गरेको छ ।

मनसुनी वायुको प्रभावका कारण गए रातिदेखि नै पानी परिरहेको र दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा अति ठूलो पानीसमेत पर्ने अनुमान रहेको महाशाखाले गरेको छ ।

सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गर्दै मनसुन सक्रिय भएदेखि नै लगातारजसो पानी परिरहेकोले अब पर्ने सामान्य पानीमा पनि बाढी, पहिरोलगायतका प्रकोपका घटना हुन सक्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.