भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान | होर्मुज स्ट्रेट बन्द गर्ने इरानको चेतावनी, अमेरिका–इरान तनाव थप चुलियो | राष्ट्रिय परिचयपत्र बनाउन अब छुट्टै फाराम नपर्ने, नागरिकता विवरणकै आधारमा प्रक्रिया | मध्यपूर्व युद्धको १४ दिनमै ५० लाख टन कार्बन उत्सर्जन, जलवायुमा गम्भीर असर | एनआरएनए र नेपाली मूलका नागरिकका लागि त्रिभुवन विमानस्थलमा अलग्गै डेस्क | बागमतीमा १० वर्षमा विपद्को कहर: १,०३८ को मृत्यु, करिब ७ अर्ब क्षति | चितवनका सातै पालिकामा ‘पीपीआर’ खोप अभियान, २.५ लाख बाख्रालाई खोप लगाइने | राष्ट्रिय मान्यता पाए पनि २ दल प्रमुख सचेतक सुविधाबाट वञ्चित |

चितवनका सातै पालिकामा ‘पीपीआर’ खोप अभियान, २.५ लाख बाख्रालाई खोप लगाइने

चितवनका सातै पालिकामा ‘पीपीआर’ खोप अभियान, २.५ लाख बाख्रालाई खोप लगाइने

चितवन, ९ फागुन । यही चैतको तेस्रो सातादेखि चितवनका सातै पालिकामा ‘पीपीआर’ (पेस्ट डेस पेटिट्स रुमिनेन्ट्स) विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत करिब २ लाख ५० हजार बाख्रालाई खोप लगाउने लक्ष्य राखिएको छ । जिल्लामा हाल करिब ३ लाख बाख्रा पालिएको जनाइएको छ ।

पशुसेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार यो रोग ‘मोरडिली’ भाइरसका कारण लाग्ने गर्दछ । उनले जानकारी दिँदै भने, “रोग लागेपछि ५० देखि ९० प्रतिशतसम्म बाख्रा मर्ने जोखिम हुन्छ ।”

उनका अनुसार संक्रमित बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडापखाला लाग्ने, नाक–आँखाबाट सिँगान बग्ने, निमोनियाजस्तो लक्षण देखिने, श्वास फेर्न गाह्रो हुने, खान मन नलाग्ने र कमजोर हुँदै जानेजस्ता लक्षण देखिन्छन् ।

यो रोग संक्रमण भएपछि ३ देखि ५ दिनभित्र लक्षण देखिने र ७ देखि १० दिनभित्र बाख्रा मर्न सक्ने उनले बताए । रोगी बाख्राको सिँगान, आँसु, खोक्दा–हाच्छ्युँ गर्दा निस्कने कण, पानी, दाना र प्रयोग गरिएका सामग्रीबाट समेत संक्रमण फैलिने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।

व्यवसायिक बाख्रापालन गर्ने किसानलाई जैविक सुरक्षा अपनाउन आग्रह गर्दै उनले रोगी बाख्रालाई बथानबाट अलग राख्नुपर्ने बताए । यस रोगबाट मरेका बाख्रालाई गाड्नु वा जलाउनुका साथै प्रयोग भएका सामग्री पनि सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

तीन महिना उमेर पुगेका स्वस्थ भेडा–बाख्रालाई प्रत्येक दुई वर्षमा यो खोप लगाउनुपर्ने र नयाँ बाख्रा ल्याउँदा खोप लगाएर तीन हप्तासम्म अलग राखेपछि मात्र बथानमा मिसाउनुपर्ने सुझाव पनि उनले दिएका छन् ।