भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चितवनका सातै पालिकामा ‘पीपीआर’ खोप अभियान, २.५ लाख बाख्रालाई खोप लगाइने

चितवनका सातै पालिकामा ‘पीपीआर’ खोप अभियान, २.५ लाख बाख्रालाई खोप लगाइने

चितवन, ९ फागुन । यही चैतको तेस्रो सातादेखि चितवनका सातै पालिकामा ‘पीपीआर’ (पेस्ट डेस पेटिट्स रुमिनेन्ट्स) विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत करिब २ लाख ५० हजार बाख्रालाई खोप लगाउने लक्ष्य राखिएको छ । जिल्लामा हाल करिब ३ लाख बाख्रा पालिएको जनाइएको छ ।

पशुसेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार यो रोग ‘मोरडिली’ भाइरसका कारण लाग्ने गर्दछ । उनले जानकारी दिँदै भने, “रोग लागेपछि ५० देखि ९० प्रतिशतसम्म बाख्रा मर्ने जोखिम हुन्छ ।”

उनका अनुसार संक्रमित बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडापखाला लाग्ने, नाक–आँखाबाट सिँगान बग्ने, निमोनियाजस्तो लक्षण देखिने, श्वास फेर्न गाह्रो हुने, खान मन नलाग्ने र कमजोर हुँदै जानेजस्ता लक्षण देखिन्छन् ।

यो रोग संक्रमण भएपछि ३ देखि ५ दिनभित्र लक्षण देखिने र ७ देखि १० दिनभित्र बाख्रा मर्न सक्ने उनले बताए । रोगी बाख्राको सिँगान, आँसु, खोक्दा–हाच्छ्युँ गर्दा निस्कने कण, पानी, दाना र प्रयोग गरिएका सामग्रीबाट समेत संक्रमण फैलिने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।

व्यवसायिक बाख्रापालन गर्ने किसानलाई जैविक सुरक्षा अपनाउन आग्रह गर्दै उनले रोगी बाख्रालाई बथानबाट अलग राख्नुपर्ने बताए । यस रोगबाट मरेका बाख्रालाई गाड्नु वा जलाउनुका साथै प्रयोग भएका सामग्री पनि सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

तीन महिना उमेर पुगेका स्वस्थ भेडा–बाख्रालाई प्रत्येक दुई वर्षमा यो खोप लगाउनुपर्ने र नयाँ बाख्रा ल्याउँदा खोप लगाएर तीन हप्तासम्म अलग राखेपछि मात्र बथानमा मिसाउनुपर्ने सुझाव पनि उनले दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.