भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पर्यटक तान्दै चौरीखर्क : हरियाली, फूल र गोठालाको संसार

पर्यटक तान्दै चौरीखर्क : हरियाली, फूल र गोठालाको संसार

बागलुङ, ७ साउन । रङ्गीचङ्गी बुकी फूल, शीतल हावासँगै लुकामारी गर्ने बादल र मनोरम दृश्यले भरिएको चौरीखर्क (स्थानीय नाम चुङ्री) हाल पर्यटन गन्तव्यको रुपमा चम्कँदै गएको छ।

बागलुङ र पूर्वी रुकुमको सिमानामा पर्ने यो स्थान समुद्री सतहदेखि करिब ४,००० मिटरको उचाइमा अवस्थित छ, जहाँ गोठालाहरू वर्षौंदेखि भेडाच्याङ्ग्रा चराउँदै आइरहेका थिए। तर हाल सामाजिक सञ्जाल र सञ्चारमाध्यमको प्रचारप्रसारले चौरीखर्क पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

दैनिक सयौँ पर्यटक आउने क्रम बढ्दो छ भने बिदाको दिनमा त डाँडै डाँडामा मान्छे भरिने गरेको स्थानीय गोठाला भागविर घर्ती मगरले बताए। ‘पहिला गोठालाको मात्र गन्तव्य जस्तो देखिने चौरीखर्क अहिले शहरबाट आएका घुम्नेमानिसहरूको रोजाइमा परेको छ’, घर्ती मगर भन्छन्, ‘कोही दिनभरि घुमेर फर्किन्छन्, कोही टेण्ट टाँगेर एक-दुई रात बिताउँछन्।’

गत वर्षदेखि यहाँको पूर्वाधार विकासतर्फ पनि ध्यान दिइएको छ। पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख टङ्कनाथ खनालका अनुसार अघिल्लो वर्ष १० लाख रुपैयाँ खर्चेर रानीबास–पाइपा हुँदै चौरीखर्क जोड्ने पाँच किलोमिटर लामो पदमार्ग निर्माण गरिएको हो। यो वर्ष थप २५ लाख रुपैयाँको बजेट विनियोजन भइसकेको छ।

लेकाली हावापानी, हरियाली, फूल र भेडीगोठको दृश्यले रमणीयता थप्ने चौरीखर्क अब केवल गोठालाको थलो होइन, प्रकृतिप्रेमीहरूको गन्तव्य बन्दै गएको छ। यहाँको मौलिकता, सरलता र सादगीले पर्यटकहरूलाई लोभ्याइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.