भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चर्च ब्वाइजको शानदार जित, संकटामाथि ५–२ को विजय

चर्च ब्वाइजको शानदार जित, संकटामाथि ५–२ को विजय

काठमाण्डौ, ५ फागुन । राष्ट्रिय लिग फुटबलअन्तर्गत भएको खेलमा चर्च ब्वाइज युनाइटेड ले संकटा क्लब लाई ५–२ गोलले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मा भएको खेलमा चर्च ब्वाइजले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै सहज जित निकालेको हो ।यस जितसँगै चर्च ब्वाइजले ११ खेलमा आठौं जित हासिल गर्दै शीर्ष स्थानमा रहेका मछिन्द्र एफसी र एपीएफ एफसी सँग अंक बराबरी गरेको छ ।

चर्च ब्वाइजका लागि सुमित श्रेष्ठले दुई गोल गर्दा रोहन कार्की र मिलन राईले एक–एक गोल गरे । खेलको ६०औं मिनेटमा मिलन राईले गोल गर्दै टोलीको अग्रता ३–० बनाएका थिए ।

संकटा क्लबका लागि विवेक राई र रिचर्ड ओनयमाले एक–एक गोल फर्काए पनि हार टार्न सकेनन् । यसैबीच, अर्को खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लब ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

 


Thali Mobile Pvt.Ltd.