भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा, भोलिको बैठकमा छलफल हुने

कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा, भोलिको बैठकमा छलफल हुने

काठमाण्डौ, ५ फागुन । चुनावमा पराजयपछि नेपाली कांग्रेसका सभापति गगन थापा ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले पार्टी उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाउनुभएको भए पनि पार्टीले यसबारे औपचारिक पुष्टि भने गरेको छैन ।

सभापति थापाको राजीनामासँगै चुनावी परिणामको समीक्षा गर्ने विषय भोलि बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उठ्ने बताइएको छ । थापा गएको पुस २७ देखि ३० गतेसम्म काठमाण्डौको भृकुटीमण्डप मा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चयन हुनुभएको थियो । तर हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवारी दिएका थापा पराजित हुनुभएको थियो ।

पार्टी र व्यक्तिगत रूपमा समेत चुनावमा पराजय भोगेपछि थापाले केही दिनअघि देखि नै राजीनामा दिने तयारी गरिरहनुभएको थियो ।भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामाबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।

बैठकमा चुनावको परिणाम, नेतृत्वको जिम्मेवारी तथा संगठनात्मक कमीकमजोरीबारे विस्तृत समीक्षा गर्ने कांग्रेसको तयारी रहेको नेताहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.