बानेश्वरमा झडपः डिएसपी घाइते, १२ जना प्रदर्शनकारी नियन्त्रणमा

बानेश्वरमा झडपः डिएसपी घाइते, १२ जना प्रदर्शनकारी नियन्त्रणमा

काठमाडौं । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति र प्रहरीबीच झडप भएको छ। लामाे समयदेखि काठमाडाैं केन्द्रीत आन्दोलन जारी राखेकाे संघर्ष समिति र प्रहरीबीच काठमाडाैंकाे नयाँ बानेश्वरमा झडप भएकाे हाे । 

झडपमा परेर प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएका छन् भने १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार डीएसपी पौडेलको टाउको चोट लागेकाे र  नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको  छ भने अहिले उक्त क्षेत्रको अवस्था सामान्य छ ।

२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति विरोधमा उत्रिएका हुन्। उनीहरूले दुई बुँदे सहमति कार्यान्वयन हुनुपर्ने प्रमुख माग राखेका छन्। परम्परागत पोशाकमा सजिएर उनीहरूले आन्दोलन जारी राखेका छन्।

 


Thali Mobile Pvt.Ltd.