काठमाडौं । जलवायु सम्बन्धिका मुद्दाहरूमा संसद्काे भूमिका प्रभावकारी हुनुपर्ने र बनाउनुपर्ने उपसभामुख इन्दिरा रानाले बताएकी छन् । भारतको नयाँ दिल्लीमा आयोजित उर्जा सम्बन्धी कार्यक्रममा बोल्दै उपसभामुख रानाले संसद्हरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका जलवायु मुद्दाहरूमा आवश्यक कदम चाल्न सरकारलाई बाध्य पार्न सक्ने भएकाले संसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी हुन् ।
जलवायु सम्बन्धी गतिविधिहरूमा लगानी गर्ने बिषयमा सरकारहरूको भूमिकाको बारम्बार छलफल भइरहेको छ । तर संसदहरूको भूमिका बढाउनका लागि सबैले ध्यान केन्द्रित गर्न आग्रह गरिन् । उनले भनिन्, ‘जलवायु परिर्वतनका मुद्दामा सरकारले गरेका प्रतिबद्धताहरू पुरा गराउन संसदले आफ्नो देशका कार्यकारीहरूलाई जवाफदेही बनाउने क्षमता राख्छन् । संसदको भूमिकालाई प्रभावकारी बनाउँदै आवश्यक कानुन निर्माण र कार्यान्वयनका लागि भूमिका खेल्न सक्छन् ।’
जलवायु परिर्वतनको असर न्युनीकरण गर्नका लागि राजनीतिक इच्छाशक्ति आवश्यक भएको बताउँदै उपसभामुख रानाले यसका लागि जनचेतना जगाउनु र जलवायु–सकारात्मक नीतिहरूको वकालत गर्न आवश्यक रहेको बताइन् ।
ग्लोबल साउथले सौर्य, हावा र जलविद्युत जस्ता नवीकरणीय ऊर्जा स्रोतहरू प्रयोगका लागि वकालत गरिरहेको चर्चा गर्दै कृषिमा निर्भर जनसंख्यालाई त्यसको असर पर्नबाट जोगाउन सोही अनुसारको कार्यक्रम कार्यान्वयनका लागि दिइन् ।
हरितगृह ग्यास उत्सर्जन घटाउन र ग्लोबल साउथमा सबैभन्दा कमजोर समुदायहरूलाई सहयोग गर्न प्रभावकारी विश्वव्यापी सहयोग आवश्यक रहेकाे बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, वैशाख १३ – हेटौँडाबाट ठिंगन हुँदै काठमाडौँ जोड्ने प्रमुख वैकल्पिक सडकमार्ग कान्ति लोकपथ वैशाख १८ गतेदेखि दैनिक ६ घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका...
काठमाडौँ । देशका मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आज पनि तातो लहर (हिट वेभ) कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला केही दिनदेखि ती क्षेत्रहरूमा अधिकतम तापक्रम...
भक्तपुर । भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको आयोजना गरेको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा पत्रकारहरूले स्वास्थ्य र समुदायसँग सम्बन्धित विभिन्न मुद्दामा छलफल गर्दै, जनस्वास्थ्य क्षेत्रमा भएका...
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज तराई–मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएको छ। लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने अनुमान गरिएको छ, जसले गर्मीलाई...