भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संसदीय छानबिन समिति बारे प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस लचक

संसदीय छानबिन समिति बारे प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस लचक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको मध्यमार्गी प्रस्तावप्रति कांग्रेस सकारात्मक बनेको छ । संसद्को गतिरोध खोल्न प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग आइतबार राखेको प्रस्ताव प्रति काँग्रेस सकारात्मक देखिएको हो । आज बिहान बसेको पदाधिकारी बैठकमा प्रस्ताव बारे छलफल भएको थियो ।

प्रस्तावमा समस्याग्रस्त सबै सहकारी र सहकारीको बचत अपचलनमा संलग्न सबै माथि छानबिन गर्न संसदीय समिति बन्ने भएमा कांग्रेसले त्यसलाई स्वीकार्ने काँग्रेस नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्रीलक्षित नभएर समस्याग्रस्त सबै सहकारीका र सहकारीका बचत अपलचनमा जोडिएका सबैमाथि छानबिन हुनेगरी संसदीय समिति बनाउन सकिने प्रस्ताव अघि सारेका थिए ।

 


Thali Mobile Pvt.Ltd.