भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

पूर्वी तराईमा रातिदेखि निरन्तर वर्षा, दिउँसो देशभर फैलिन सक्ने सम्भावना

पूर्वी तराईमा रातिदेखि निरन्तर वर्षा, दिउँसो देशभर फैलिन सक्ने सम्भावना

काठमाण्डौ  । पूर्वी तराईका विभिन्न जिल्लामा गएरातिदेखि नै लगातार वर्षा भइरहेको छ। मोरङ, सप्तरी, सिरहा, उदयपुर, धनुषा, सर्लाही, बारा र सिन्धुलीलगायत क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो काठमाण्डौ उपत्यकासहित देशका अन्य भूभागमा पनि वर्षा हुने सम्भावना रहेको छ। हाल देशभर सक्रिय वर्षा प्रणालीको मुख्य कारण पश्चिमी वायु, स्थानीय प्रणाली, र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव हो।

मौसमविद्हरूका अनुसार अहिलेको समय प्रि–मनसुन भएकाले चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम खालको वर्षा केही दिनसम्म देशभर जारी रहनेछ।
साथै, आकस्मिक मौसम परिवर्तन र जोखिम सम्भावनालाई ध्यानमा राख्दै सतर्कता अपनाउन र अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन सुझाव दिइएको छ।