भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटान सुरु

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटान सुरु

धनगढी । सुदूरपश्चिमको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि मायापुरी सामुदायिक वन क्षेत्रमा १,५९३ रुख कटान सुरु गरिएको छ। इन्टरमोडल यातायात विकास समितिले ठेक्का प्रक्रियामार्फत काम अघि बढाएको हो।

निकुञ्जको रोहबरमा भइरहेको रुख कटान दुई महिनाभित्र सम्पन्न हुने बताइएको छ। यो कार्य सुक्खा बन्दरगाह निर्माणको पहिलो ठोस भौतिक चरण मानिएको छ।परियोजनाअन्तर्गत रेलवे प्लेटफर्म, कन्टेनर यार्ड, यात्री टर्मिनल, भन्सार, क्वारेन्टिन भवन, प्रहरी चौकी र अन्य पूर्वाधार निर्माण गरिनेछ।

नेपालतर्फ महाकाली नदीमा चार लेनको पुल तथा ६ लेनको पहुँच मार्ग निर्माण भइसकेको छ भने भारततर्फको पहुँच मार्ग निर्माणाधीन अवस्थामा छ। भारत सरकारको लगानीमा करिब ६ अर्ब रुपैयाँ लागतमा बन्ने यो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।

 

 


Thali Mobile Pvt.Ltd.