भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दाङको घोराहीमा एक दम्पतीको नाक काटिदिएको आरोपमा एक जना पक्राउ

दाङको घोराहीमा एक दम्पतीको नाक काटिदिएको आरोपमा एक जना पक्राउ

काठमाडौं । नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन्। दाङको घोराहीको एक दम्पतीको नाक काटिदिएको आरोपमा उनी पक्राउ परेका हुन ।

उनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घोराही उमहानगरपालिका–१५, बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतलाई गत मंसिर ६ गते घोराही–१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो।

उक्त घटनापछि फरार रहेका खड्काविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिई खोजी गरिरहेकोमा उनलाई घोराही–१९ बाट पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.