भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

च्याउखेतीबाट १० लाख आम्दानी

च्याउखेतीबाट १० लाख आम्दानी

पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि १० लाखभन्दा बढी आम्दानी गर्दै आएकी छिन् ।

तीनवटा गुम्बज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उनको भनाइ छ । गोब्रे च्याउ प्रतिकेजी पाँच सय र कन्ये दुई सयमा बिक्री हुँदै आएको छ ।कच्चा पदार्थसहितका सामग्री तयार गरेकी किसान खत्रीले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौँला, बोडी, सिमी, करेला, भाण्टा, खुर्सानी, धनियाँ पनि उत्पादन गर्दै आएकी छिन् ।

जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आकर्षण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए ।

 


Thali Mobile Pvt.Ltd.