भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दाङमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबीच झडप हुदाँ चार जना घाइते

दाङमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबीच झडप हुदाँ चार जना घाइते

काठमाडौं । । दाङमा स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप हुदाँ चार जना घाइते भएका छन् ।

स्वर्गद्वारी गुठी पीडित किसानहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै दाङको घोराहीमा रहेको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका थिए । उनीहरुले कार्यालय घेरेका थिए ।

प्रहरीले कार्यालय खुलाउने क्रममा बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले अप्रिय घटना हुन नदिन १० राउन्ड अश्रुग्याँस प्रहार गरेको बताए । उनले अहिले स्थति नियन्त्रणमा रहेको बताए ।

सरकारले आफूहरुसँग पटक–पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाबस्वरुप तालाबन्दी गर्नुपरेको गुठी पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.