भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

विषाक्त खानाले एकै परिवारका तीनजनाको मृत्यु

विषाक्त खानाले एकै परिवारका तीनजनाको मृत्यु

बारा । सिम्रौनगढमा विषाक्त खानाको कारण एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । झवानी टोल निवासी नरेश रामका तीनजना छोराछोरीको विषाक्त खानाको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले बताए ।

घर नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका उनीहरु शनिबार राति सिकिस्त बिरामी भएपछि अस्पताल लगिएको थियो । सोमबार उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ वर्षीया लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन राम छन्।

कित्सकहरुले उनीहरुको मृत्यु फुड प्वाइजनबाट भएको बताएका छन् । इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.