भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बैतडीमा ३ दिनदेखि बेपत्ता पुरूषको शव खोलामा भेटियो, हत्याको आशंका

बैतडीमा ३ दिनदेखि बेपत्ता पुरूषको शव खोलामा भेटियो, हत्याको आशंका

काठमाडौं । बैतडीमा ३ दिनदेखि बेपत्ता पुरूषको शव खोलामा भेटिएको छ । असार १ गतेदेखि बेपत्ता भएका पाटन नगरपालिका ६ का ५१ वर्षीय वीरभानसिंह बिष्टको शव मेलतडास्थित घाङल खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले बताए ।

डीएसपी गिरीका अनुसार बिष्टको शव खोलामा प्लाष्टिकले बेरेको अवस्थामा शव भेटिएको हो । बिष्टको हत्या गरी खोलामा फालिएको आशंका गरिएको छ ।बिष्टको हत्या आरोपमा पाटन नगरपालिका ६ कै भागरथी बिष्टलाई इलाका प्रहरी कार्यालय पाटनले पक्राउ गरेको छ ।

मृतकका परिवारले यसअघि नै बिष्टले बेपत्ता पारेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.