भर्खरै : Sorry, your browser does not support inline SVG.
मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर र सरुवा | एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु | बाढी-पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौँ-कोशी-बागमतीका सडक ठप्प | ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन | बागमती प्रदेशमा ७०१ दरबन्दी कटौतीको तयारी, प्रशासनिक पुनर्संरचना अन्तिम चरणमा | औद्योगिक क्षेत्रका उद्योगलाई ७ दिनभित्र बक्यौता तिर्न निर्देशन, नतिरे कारबाहीको चेतावनी | प्रदेश र पालिकामा ४ खर्ब २४ अर्ब बजेट, मधेश र कर्णालीलाई सबैभन्दा बढी अनुदान | डिजिटल माध्यमबाट साना तथा मझौला व्यवसायीले १० लाख रुपैयाँसम्म कर्जा पाउने |

आफैंले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

आफैंले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैंले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको हो ।

धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा मिजार कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

घटनाबारे जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.