भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

दाङमा खोलाले अटो बगाउँदा बेपत्ता एक महिलाको शव फेला

दाङमा खोलाले अटो बगाउँदा बेपत्ता एक महिलाको शव फेला

काठमाडौं । दाङको तुलसीपुरमा खोलाले अटो रिक्सा बगाउँदा बेपत्ता भएका दुई जनामध्ये एक महिलाको शव फेला परेको छ । तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया सीता आले तुलसीपुर–१५ ग्वारखोलामा मृत भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

उनकाअनुसार तुलसीपुर बजारबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो रिक्सालाई तुलसीपुर–४ मा रहेको बेचनी खोलाले हिजो साँझ सवा ८ बजेको समयमा बगाएको थियो । सोही अटोमा रहेका ५ जना मध्ये अन्य ३ जना खोलाबाट बाहिर निस्कन सफल भए पनि सीतासहित दुई जनालाई खोलाले बगाएको थियो । उनको शव आज बिहान ७ बजेको समयमा फेला परेको र मृतकका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ ।

घटनामा बेपत्ता रहेकी सुर्खेत घर भई अहिले खाद्रे बस्दे आएकी १६ वर्षीया मन्जु खड्काको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.