भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दाङमा खोलाले अटो बगाउँदा बेपत्ता एक महिलाको शव फेला

दाङमा खोलाले अटो बगाउँदा बेपत्ता एक महिलाको शव फेला

काठमाडौं । दाङको तुलसीपुरमा खोलाले अटो रिक्सा बगाउँदा बेपत्ता भएका दुई जनामध्ये एक महिलाको शव फेला परेको छ । तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया सीता आले तुलसीपुर–१५ ग्वारखोलामा मृत भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

उनकाअनुसार तुलसीपुर बजारबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो रिक्सालाई तुलसीपुर–४ मा रहेको बेचनी खोलाले हिजो साँझ सवा ८ बजेको समयमा बगाएको थियो । सोही अटोमा रहेका ५ जना मध्ये अन्य ३ जना खोलाबाट बाहिर निस्कन सफल भए पनि सीतासहित दुई जनालाई खोलाले बगाएको थियो । उनको शव आज बिहान ७ बजेको समयमा फेला परेको र मृतकका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ ।

घटनामा बेपत्ता रहेकी सुर्खेत घर भई अहिले खाद्रे बस्दे आएकी १६ वर्षीया मन्जु खड्काको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.