भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

खोलाले बगाउँदा एक जनाको मृत्यु

खोलाले बगाउँदा एक जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई बिहीबार खोलाले बगाउँदा उनको मृत्यु भएको हो । काफचौर तर्ने क्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नविन मरासिनीले जानकारी दिए।

उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको छ । यसअघि सोमबार राति आएको बाढीले सोही वडाको झिनचौरमा तीन बालिकाको मृत्यु भएको थियो । खोलाले बगाउँदा एक जना अझै बेपत्ता छन् ।

 

 


Thali Mobile Pvt.Ltd.