भर्खरै : Sorry, your browser does not support inline SVG.

भरतबन्धु थापाको ‘डेस्टीनेशन सोलुदुधकुण्ड’ तस्बिर पुस्तक सार्वजनिक

भरतबन्धु थापाको ‘डेस्टीनेशन सोलुदुधकुण्ड’ तस्बिर पुस्तक सार्वजनिक

सोलुदुधकुण्ड (सोलुखुम्बु), ९ असाेज । सोलुदुधकुण्ड नगरपालिकाभित्रका धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय स्थलहरू समेटिएको तस्बिर पुस्तक ‘डेस्टीनेशन सोलुदुधकुण्ड’ सार्वजनिक गरिएको छ।

नगरपालिकाको प्रकाशनमा तयार पारिएको यो पुस्तकलाई लेखक तथा पत्रकार भरतबन्धु थापाले तयार पारेका हुन्। पुस्तकको विमोचन सोलुदुधकुण्ड नगरप्रमुख नाम्गेल जाङबु शेर्पा र जनप्रतिनिधिहरूले एक विशेष समारोहबीच गरेका थिए।

लेखक थापाले नगरपालिकाभित्रका सांस्कृतिक, धार्मिक तथा जीवनशैली झल्काउने तस्बिरहरू संग्रह गरेर पुस्तक तयार पारेका छन्। पुस्तकको विमोचनपछि नगरप्रमुख शेर्पाले सोलुदुधकुण्ड प्राकृतिक स्रोतसाधन मात्र नभई कला र संस्कृतिको धनी नगर भएकाले यस पुस्तकले पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनका अनुसार सोलुदुधकुण्ड नगरकै दक्षिणी भेगमा अवस्थित पिके पीक विश्वका आठहजार मिटरभन्दा अग्ला हिमालहरूको श्रृंखला नियाल्न सकिने उत्कृष्ट दृश्यबिन्दु हो, जसलाई सर एडमण्ड हिलारीले पनि “सगरमाथा हेर्ने उत्कृष्ट स्थान” भनेका थिए।

लेखक थापाले आठ पटक विभिन्न मौसममा सोलुदुधकुण्ड यात्रा गरी तस्बिर सङ्कलन गरेर पुस्तक तयार पारेका हुन्। दुई दशकदेखि पर्यटन पत्रकारिता गर्दै आएका उनले यसअघि पनि ‘वाईल्ड वेष्ट नेपाल’, ‘गन्तव्य कर्णाली’, ‘एक्सप्लोर फारवेष्ट’, ‘गन्तव्य मध्यपुर’, ‘तस्बिरमा नेपाल’, ‘नेपाल इन इमेजेज’, ‘पञ्चकोशी दैलेख’ जस्ता पुस्तक सार्वजनिक गरिसकेका छन्।

थापाले यसअघि चीन, भारत, जापानमा भिडियो र अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनीसमेत गरिसकेका छन्।

 


Thali Mobile Pvt.Ltd.