भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

चर्को आवाजमा हर्न बजाउने र परिमार्जित साइलेन्सर प्रयोग गर्ने सवारीमाथि कारबाही

चर्को आवाजमा हर्न बजाउने र परिमार्जित साइलेन्सर प्रयोग गर्ने सवारीमाथि कारबाही

काठमाण्डौ, ३१ असाेज । काठमाण्डौ उपत्यकामा गाडीबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ । चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानूनी रूपमा परिमार्जन गरिएको साइलेन्सर प्रयोग गर्ने सवारीसाधनका कारण बढ्दो ध्वनि प्रदूषणमाथि कडाइ गर्न अभियान सञ्चालन गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्ला केही दिनयता काठमाण्डौ, ललितपुर र भक्तपुरसहितका विभिन्न स्थानमा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने कम्तीमा २०० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइएका छन् ।

ठूलो आवाज निकाल्ने मोटरसाइकलहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियान निरन्तर रूपमा सञ्चालन गरिनेछ र नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कुनै पनि किसिमको छुट दिइने छैन ।

ट्राफिक प्रहरीले सवारीधनीहरूलाई सवारी साधनको मर्मत, हर्नको प्रयोग र साइलेन्सर प्रणालीमा ध्यान दिन आग्रह गरेको छ । ध्वनि प्रदूषणका कारण जनस्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले ट्राफिक प्रहरीले यसको नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.