भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दोगडाकेदारका जीर्ण वडा कार्यालय नयाँ निर्माण

दोगडाकेदारका जीर्ण वडा कार्यालय नयाँ निर्माण

बैतडी, २५ साउन । दोगडाकेदार गाउँपालिकाले जीर्ण वडा कार्यालय भवनहरू नयाँ बनाउन प्राथमिकता दिएको छ। गाउँपालिकाले हालसम्म दुई करोड ४८ लाखमा छवटा वडा कार्यालयहरू निर्माण गरेको छ।

नयाँ भवन बनेपछि इन्टरनेट सुविधा विस्तार भएको छ, जसले सेवाग्राहीलाई सहज बनाएको छ। बैतडी । जीर्ण अवस्थामा रहेका वडा कार्यालय भवन नयाँ बनाउन दोगडाकेदार गाउँपालिकाले उच्च प्राथमिकता दिएको छ । हालसम्म गाउँपालिकाका छवटा वडा कार्यालय रु दुई करोड ४८ लाखमा नयाँ निर्माण गरिएका हुन् ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले भने, “वडा कार्यालयहरू जीर्ण भएपछि नयाँ निर्माण गरेका हौँ । सबै वडा पनि यस वर्ष निर्माण गर्ने योजना बनाएका छौँ ।”

यस्तै, गाउँपालिका भवन रु एक करोड ३० लाखमा नयाँ निर्माण गरिएको हो । वडा कार्यालयहरू नयाँ बनेपछि इन्टरनेटको सुविधा पनि विस्तार गरिएको छ । इन्टरनेट सुविधा हुँदा पञ्जीकरण, सामाजिक सुरक्षा दर्ता तथा नवीकरणका काम सहजै वडा कार्यालयबाट भइरहेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.