भर्खरै : Sorry, your browser does not support inline SVG.
सीमापारि किनमेल घट्दा नेपालगञ्जका पसलमा बढ्यो चहलपहल | दसैँ मनाउन उपत्यका छाड्नेको लर्को, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए | बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो |

दोलखाका किसान बाँदर आतङ्कबाट गम्भीर रूपमा प्रभावित

दोलखाका किसान बाँदर आतङ्कबाट गम्भीर रूपमा प्रभावित

दोलखा, २९ माघ । दोलखाको तामाकोशी नदीतटीय क्षेत्रका किसानहरू बाँदर आतङ्कका कारण गम्भीर समस्यामा परेका छन्। बिगु, गौरीशङ्कर, कालिञ्चोक, वैतेश्वर, तामाकोशी, मेलुङ, शैलुङ गाउँपालिका तथा भीमेश्वर नगरपालिकाको तल्लो भेगमा बाँदरले खेतबारी सखाप पार्दा किसान आजित बनेका छन्।

बाँदर मार्न कानुनी रूपमा निषेध र नियन्त्रणका उपायहरू प्रभावहीन भएपछि किसानहरू आक्रोशित बनेका हुन्। यही अवस्थामा बाँदर नियन्त्रणको ठोस समाधान ल्याउने दल वा उम्मेदवारलाई मात्र भोट दिने निर्णयमा स्थानीय किसान पुगेका छन्।

भीमेश्वर नगरपालिका–४, जिलुकी पीडित चन्द्रकुमारी बुढाथोकीका अनुसार, “आफ्नो थोरै जग्गामा लगाएको अन्नबाली पनि बाँदरको हुल आएर नष्ट गरिदिन्छ। यस्तो अवस्थामा बाँदर धपाइदिने प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र हामी भोट दिन्छौं।”

मेलुङ गाउँपालिका–७ का कर्ण खड्काले बाँदरको आतंकले खेतीपाती गर्नै नसक्ने अवस्था आएको बताए। “दिनभर बारी कुरेर बस्नुपर्छ, अरू काम गर्न पाइँदैन,” उनले गुनासो गरे। १७ वर्षसम्म नेपाली सेनामा सेवा गरेर अवकाशपछि गाउँ फर्किएका खड्का कृषि पेशामा लागेका थिए।

तर, खेती भित्र्याउन नपाउँदै बाँदरले नष्ट गर्ने समस्याले उनीसहित वडा नं ७ का २२ वटा टोलका किसान प्रभावित छन्। उनीहरूले पनि बाँदर समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र भोट दिने सहमति गरेका छन्।

कालिञ्चोक गाउँपालिकामा बाँदर आतंकका कारण किसान गाउँ छोड्न बाध्य हुने अवस्था आएपछि बाँदर धपाउने यन्त्र वितरण गरिएको थियो। तर ती यन्त्र प्रभावकारी नहुँदा समस्या जस्ताको तस्तै छ। अब यसपटक बाँदर समस्याको दीर्घकालीन समाधान गर्ने उम्मेदवारलाई मात्र भोट दिने अडान किसानहरूले लिएका छन्।

 


Thali Mobile Pvt.Ltd.