भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पोखरीमा डुबेर तीन बालकको मृत्यु

पोखरीमा डुबेर तीन बालकको मृत्यु

धनुषा । पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । लक्ष्मीनिया गाउँपालिका ७ मा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए ।

मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेका छन् । उनीहरु आफन्त हजुरबुबा महावीर साहको घरमा भोज खान आएका थिए । बुधबार महावीर साहको घरमा वर्षीको भोज थियो ।

डुब्ने बालकहरु महावीर साहका तीन छोरीका जेठा छोराहरु रहेको प्रहरी निरीक्षक साहले बताए ।

 


Thali Mobile Pvt.Ltd.