भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

मतदाता सहजताका लागि देशभरका मतदानस्थल पुनरवलोकन गर्न आयोगको तयारी

मतदाता सहजताका लागि देशभरका मतदानस्थल पुनरवलोकन गर्न आयोगको तयारी

काठमाडौँ, २४ मंसिर । निर्वाचन आयोगले मतदाताले सहज र व्यवस्थित रूपमा मतदान गर्न सकून् भन्ने उद्देश्यसहित देशभरका मतदानस्थल पुनरवलोकन गर्ने जनाएको छ।

आयोगले जारी गरेको सूचनामा पुनरवलोकनका क्रममा आवश्यक परे मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुटेको नाम दर्ता गर्न सकिने व्यवस्था रहेको उल्लेख छ।

आयोगले हाल सञ्चालन भइरहेका मतदाता नामावली अद्यावधिक कार्यक्रममार्फत छुटिएका, त्रुटि भएका वा नयाँ अद्यावधिक आवश्यक व्यक्तिहरूले मङ्सिर २६ गतेसम्म दर्ता तथा सच्याउन पाउने जनाएको छ।

नामावलीमा रहेको त्रुटि सच्याउने, नाम हटाउने, दाबी–विरोध निवेदनका साथै एउटै वडाभित्र आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्न पनि मतदाताले निवेदन दिन सक्ने सुविधा छ।

यसका लागि सम्बन्धित निर्वाचन कार्यालयमा प्रत्यक्ष उपस्थित भएर वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन सकिने आयोगले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.