भर्खरै : Sorry, your browser does not support inline SVG.
घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट |

चुनाव प्रयोजनका लागि स्वेच्छिक सहयोग लिन पाइने

चुनाव प्रयोजनका लागि स्वेच्छिक सहयोग लिन पाइने

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले चुनाव प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने तर चन्दा उठाउन नपाउने स्पष्ट पारेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रचलित कानूनको परिधिभित्र रहेर चुनाव प्रचारप्रसारका लागि सहयोग सङ्कलन गर्न सकिनेछ । तर, उम्मेदवार वा राजनीतिक दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन् ।

प्रवक्ता भट्टराईले उम्मेदवारले चुनाव प्रयोजनका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त खातामा सङ्कलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “चुनावको प्रचारप्रसारका लागि उम्मेदवार वा दलले कसैलाई यति रकम दिनुपर्छ भनेर तोकेर माग्न पाइँदैन । तर, स्वेच्छाले सहयोग गर्न चाहनेले उम्मेदवारले चुनाव प्रयोजनका लागि खोलेको खातामा रकम जम्मा गर्न सक्नेछन् ।”

यसैबीच, निर्वाचन आयोगले चुनावका लागि आवश्यक मतपत्र छपाइ कार्यलाई तीव्रता दिएको जनाएको छ । प्रवक्ता भट्टराईका अनुसार हालसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाइ सम्पन्न भइसकेको छ । छपाइ भएका मतपत्रमध्ये ७ हजार १ सय ३७ वटा बाकस प्याकिङ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

हालसम्म ३२ वटा जिल्लाका लागि आवश्यक मतपत्रको छपाइ र प्याकिङ कार्य पूर्णरूपमा सम्पन्न भएको छ । आयोगका अनुसार बाँकी जिल्लाहरूका लागि आवश्यक मतपत्र छपाइ र व्यवस्थापनको काम पनि युद्धस्तरमा भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.