भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

प्रतिनिधिसभा निर्वाचनः दैनिक १३ लाख मतपत्र छपाइ

प्रतिनिधिसभा निर्वाचनः दैनिक १३ लाख मतपत्र छपाइ

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले प्रत्यक्ष्यतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बिहीबार साँझसम्म ८० लाख मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए ।

उनले दिनमा १३ लाखसम्म मतपत्र छपाइ भइरहेको र अबको एक सातामा सबै मतपत्र छपाइ सम्पन्न गरी ‘प्याकिङ’को काम गरिने बताए । प्रबन्ध निर्देशक पौडेलले भने, “केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ । दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी ‘प्याकिङ’ सम्पन्न गरिसकेको छ । प्रत्यक्षतर्फको मतपत्र छपाइ यसै महिनामा सम्पन्न गर्छौं ।”

उनले समानुपातिकतर्फको मतपत्र यही माघ २५र२६ गतेदेखि ढुवानीको काम सुरु हुने र महिनाको मसान्तसम्म प्रत्यक्षतर्फको मतपत्र छपाइ सकेर फागुनको १र२ गतेसम्म सबै काम सकेर जिल्लामा ढुवानी हुने बताए । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका लागि ८० लाख थान मतपत्र छपाइ सम्पन्न भएको जनाइएको छ ।

“समानुपातिकतर्फको दुई करोड आठ लाख ५४ हजार ८०० प्रति मतपत्र छपाइ सम्पन्न गरी माघ १२ गतेदेखि प्रत्यक्षतर्फको दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ सुरु गरिएको छ ।

आगामी फागुन ३ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने निर्वाचन आयोगको योजनाअनुसार केन्द्रले काम गरिरहेका छ”, पौडेलले भने । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नै खरिद गर्ने व्यवस्था गरेको जनाइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.