भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

ग्रेडवृद्धि परीक्षाका लागि फागुन २१ गतेभित्र फारम भर्न परीक्षा बोर्डको आग्रह

ग्रेडवृद्धि परीक्षाका लागि फागुन २१ गतेभित्र फारम भर्न परीक्षा बोर्डको आग्रह

काठमाण्डौ । ग्रेडवृद्धि परीक्षाका लागि विद्यार्थीले फागुन २१ गतेभित्र फारम भर्नुपर्ने भएको छ । कक्षा १२ को नियमित, ग्रेडवृद्धि तथा कक्षा ११ को ग्रेडवृद्धि परीक्षाका लागि फारम भर्ने मिति राष्ट्रिय परीक्षा बोर्डले तोकेको हो ।

परीक्षा बोर्डले २०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेडवृद्धि र कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने नियमित र ग्रेडवृद्धितर्फका विद्यार्थीका लागि माघ मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न भनेको छ ।

सम्बन्धित विद्यालय र क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर वा डिजिटल भुक्तानी गरेको अवस्थामा त्यसको प्रमाणसहित फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फारम बुझाउन बोर्डले आग्रह गरेको छ ।

माघ मसान्तभित्र रकम दाखिला गर्न छुटेका विद्यार्थीहरुले फागुन १५ गतेसम्म अविलम्ब शुल्कसहित रकम बुझाइ राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फारम भर्न सक्ने बोर्डले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.