भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

चर्चित गायिका सपना शाही र प्रताप दासले स्वरवद्ध गरेको बैजनाथ गान सार्वजनिक

चर्चित गायिका सपना शाही र प्रताप दासले स्वरवद्ध गरेको बैजनाथ गान सार्वजनिक

बाँके । बैजनाथ गाउँपालिकाको बैजनाथ गान सार्वजनिक भएको छ । बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नै गान र लोगो प्रयोगमा ल्याएको सार्वजनिक गरेको हो ।

स्थानीय आचार्य दामोदर उपाध्यायले बैजनाथ गानको रचना गर्नुभएको गीतमा संगीत विनोद विश्वकर्माले भर्नभएको छ । बैजनाथ गानमा संगीत संयोजन प्रभास दैलेखीले गर्नुभएको छ भने बैजनाथ गानमा स्वरबद्ध चर्चित गायिका सपना शाही र प्रताप दासले गर्नु भएको छ ।

बैजनाथ गाउँपालिकाको कार्यालय रामपुर, बाँकेमा सम्पन्न भएको १७ औं गाउँसभामा बैजनाथ गान तथा लोगो प्रयोगमा ल्याइएको बैजनाथ गाउँपालिकाले जनाएको छ । १७ औं गाउँ सभाले केही बजेट प्रस्ताव, संशोधन तथा रकमान्तर गरेको छ ।

गाउँपालिकाले प्रत्येक वडामा खुल्ला ब्यायामशाला निर्माण गर्नका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको र सभाबाट २ करोड २४ लाख ६० हजार रुपैयाँ रकमान्तर गरिएको गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बताउँनु भयो ।

गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु, प्रशासन प्रमुख तप्तराज आचार्य, विभिन्न विषयगत शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

गाउँ सभामा बैजनाथ गानका रचनाकार उपाध्याय र गायिका शाही तथा लागोका डिजाइनर दामोदर अधिकारीलाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको कार्यक्रममा गायिका शाहीले बैजनाथ गान प्रत्यक्ष गाउनुभएको थियो । Famous singer Sapna Shahi

 


Thali Mobile Pvt.Ltd.