भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चर्चित गायिका सपना शाही र प्रताप दासले स्वरवद्ध गरेको बैजनाथ गान सार्वजनिक

चर्चित गायिका सपना शाही र प्रताप दासले स्वरवद्ध गरेको बैजनाथ गान सार्वजनिक

बाँके । बैजनाथ गाउँपालिकाको बैजनाथ गान सार्वजनिक भएको छ । बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नै गान र लोगो प्रयोगमा ल्याएको सार्वजनिक गरेको हो ।

स्थानीय आचार्य दामोदर उपाध्यायले बैजनाथ गानको रचना गर्नुभएको गीतमा संगीत विनोद विश्वकर्माले भर्नभएको छ । बैजनाथ गानमा संगीत संयोजन प्रभास दैलेखीले गर्नुभएको छ भने बैजनाथ गानमा स्वरबद्ध चर्चित गायिका सपना शाही र प्रताप दासले गर्नु भएको छ ।

बैजनाथ गाउँपालिकाको कार्यालय रामपुर, बाँकेमा सम्पन्न भएको १७ औं गाउँसभामा बैजनाथ गान तथा लोगो प्रयोगमा ल्याइएको बैजनाथ गाउँपालिकाले जनाएको छ । १७ औं गाउँ सभाले केही बजेट प्रस्ताव, संशोधन तथा रकमान्तर गरेको छ ।

गाउँपालिकाले प्रत्येक वडामा खुल्ला ब्यायामशाला निर्माण गर्नका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको र सभाबाट २ करोड २४ लाख ६० हजार रुपैयाँ रकमान्तर गरिएको गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बताउँनु भयो ।

गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु, प्रशासन प्रमुख तप्तराज आचार्य, विभिन्न विषयगत शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

गाउँ सभामा बैजनाथ गानका रचनाकार उपाध्याय र गायिका शाही तथा लागोका डिजाइनर दामोदर अधिकारीलाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको कार्यक्रममा गायिका शाहीले बैजनाथ गान प्रत्यक्ष गाउनुभएको थियो । Famous singer Sapna Shahi

 


Thali Mobile Pvt.Ltd.