नवलपरासी । जिल्लाको हुप्सेकोट गाउँपालिका – १ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको आफ्नै छोराले कुटपिट गर्दा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले गएराति घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका थिए । गम्भीर घाइते भएका रामबहादुरलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
अभियुक्त छोरालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।