भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

फिफा विश्वकप २०२६ खेल्ने ४८ वटै टोलीको टुंगो, इतिहासकै ठूलो संस्करण हुँदै

फिफा विश्वकप २०२६ खेल्ने ४८ वटै टोलीको टुंगो, इतिहासकै ठूलो संस्करण हुँदै

काठमाडौँ, १९ चैत्र । FIFA World Cup 2026 खेल्ने ४८ वटै टोलीको टुंगो लागेको छ। आगामी जुन–जुलाईमा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकप यसपटक इतिहासकै सबैभन्दा ठूलो संस्करण बन्ने भएको छ।

यस संस्करणमा पहिलो पटक ४८ टोली सहभागी हुनेछन्। छनोट यात्रा सन् २०२३ सेप्टेम्बरबाट सुरु भएर करिब डेढ वर्षसम्म चलेको थियो। अन्तिम चरणको अन्तरमहादेशीय प्लेअफबाट डिआर कंगो र इराकले स्थान बनाएका हुन्। युरोपबाट चार पटकको च्याम्पियन इटली छनोट हुन असफल रहँदा बोस्निया–हर्जगोभिना, स्वीडेन, टर्की र चेक रिपब्लिकले स्थान बनाएका छन्।

एसियाबाट अहिलेसम्मकै धेरै ८ टोली छनोट भएका छन्, जसमा अष्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान रहेका छन्। दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडोर, पाराग्वे र उरुग्वेले स्थान बनाएका छन्।

अफ्रिकाबाट अल्जेरिया, केप भर्डे, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसियासहित १० टोली सहभागी हुनेछन् भने उत्तर तथा मध्यअमेरिकाबाट कुरासाओ, हैटी र पनामा छनोट भएका छन्। ओसियानियाबाट न्युजिल्यान्डमात्र सहभागी हुनेछ।

प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म कुल ३९ दिन सञ्चालन हुनेछ, जुन अहिलेसम्मकै सबैभन्दा लामो विश्वकप हुनेछ। यसपटक १२ समूह बनाइनेछ र प्रत्येक समूहमा ४ टोली रहनेछन्। प्रत्येक समूहबाट शीर्ष २ टोली सिधै राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन् भने उत्कृष्ट ८ तेस्रो स्थानका टोली पनि नकआउट चरणमा पुग्नेछन्। यसरी कुल ३२ टोली नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन्।

कुल १०४ खेल हुने यस प्रतियोगिताका खेलहरू १६ सहरमा आयोजना गरिनेछन्। उद्घाटन खेल मेक्सिको सिटीको अज्टेका रंगशालामा हुनेछ भने फाइनल खेल MetLife Stadiumमा जुलाई १९ मा हुनेछ।

 


Thali Mobile Pvt.Ltd.