भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खराब मौसमका कारण उडान प्रभावित

खराब मौसमका कारण उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । विमानस्थलको भिजिबिलिटी राम्रो रहेपनि तीव्र गतिमा हावाहुरी चलेसँगै जहाज उडान तथा अवतरणमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

पानीसँगै हावाहुरी चलेपछि जहाज उडान तथा अवतरणमा समस्या आएको हो । खराब मौसमकै कारण चीनको टाइनफुबाट काठमाडौँ आएको सिचुवान एयरको ३ यू ३९०१ जहाज ल्हासा डाइर्भट भएको छ । स्थानीय समय अनुसार बिहानको १०ः४० बजेट टीआईएमा अवतरण गर्ने समय रहेपछि तीव्र हावाहुरीका कारण जहाज अवतरण गर्न नसकेर लासा डाइर्भट गरिएको प्रवक्ता झाले जानकारी दिए ।

अन्य उडानहरू केही समय होल्ड भए पनि थप समस्या नआएको उनले बताए । आन्तरिकतर्फको उडान पनि केही प्रभावित हुन पुगेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.