भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाढीले म्याग्दीको तीन वटा पुल बगायो

बाढीले म्याग्दीको तीन वटा पुल बगायो

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन वटा पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन वटा पुल बगाएको स्थानीयवासी बुद्धिमान शेरपुञ्जाले जानकारी दिए ।

अत्यधिक पानी परेपछि खोला थुनिएको थियो । झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्ण अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठ वटा पाइपसमेत बगाएको छ ।

यस्तै मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीयवासी रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पुर्‍याएको धवलागिरि–३ मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिए ।रासस

 


Thali Mobile Pvt.Ltd.