भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाण्डौ । नेपालमा पश्चिमी वायू तथा हप्ताभर नै स्थानीय वायूको प्रभाव रहने सम्भावना छ । शुक्रबारदेखि आउँदो एक हप्तासम्म देशका बिभिन्न ठाउँमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाकाअनुसार देशका धेरै ठाउँहरुमा उच्चतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको जनाएको छ । पूर्वी तराईको तुलनामा मध्य र पश्चिम तराईमा उच्चतम तापक्रम अलि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार गण्डकी, कर्णाली र सुदूरपश्चिम, कोशी र बाग्मती प्रदेश लगायत पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले गरेको साप्ताहिक मौसम पूर्वानुमान अनुसार यो हप्ताको शुरुमा गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हप्ताको मध्य र अन्त्यमा देशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भेगका थोरै ठाउँहरुमा साताभर नै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 

 

 


Thali Mobile Pvt.Ltd.