भर्खरै : Sorry, your browser does not support inline SVG.

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी

काठमाण्डौ, ३० जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी गरेको छ।

मन्त्रालयले स्वास्थ्य परीक्षणमा भएको लापरबाहीका गुनासोहरूलाई ध्यानमा राख्दै नयाँ कार्यविधि बनाएको हो। यस कार्यविधिमा वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकका लागि अनिवार्य स्वास्थ्य परीक्षण र प्रयोगशाला परीक्षणको विस्तृत सूची समावेश गरिएको छ।

जेठ २३ मा गठित विशेषज्ञ समितिको बैठकबाट निर्णय लिएर मन्त्रीस्तरले वैदेशिक रोजगार नियमावलीअनुसार स्वास्थ्य परीक्षण गर्ने संस्था, सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि संशोधन गरेको हो। यसले स्वास्थ्य परीक्षण प्रक्रियालाई थप कडाइका साथ लागू गरि श्रमिकहरूको स्वास्थ्य सुरक्षामा बल दिने लक्ष्य राखिएको छ।

 


Thali Mobile Pvt.Ltd.