भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

गणेश चतुर्थी : विनायक मन्दिरमा भक्तजनको घुइँचो, बिघ्नहर्ताको पूजा

गणेश चतुर्थी : विनायक मन्दिरमा भक्तजनको घुइँचो, बिघ्नहर्ताको पूजा

काठमाडौं, ११ भाद्र । भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्मोत्सव गणेश चतुर्थी धुमधामका साथ मनाइँदै छ।

भगवान् गणेशलाई बिघ्नहर्ता अर्थात् सबै काममा अवरोध हटाउने देवताको रूपमा पुजिन्छ। हिन्दू परम्पराअनुसार कुनै पनि पूजा वा कार्य प्रारम्भ गर्नु अघि गणेशको आराधना गर्ने चलन छ।

विश्वास गरिन्छ कि, पहिले गणेशको पूजा गरी वा उनलाई सम्झेर गरिएका कार्यमा विघ्न पर्दैन। यस कारण गणेशलाई शुभारम्भको प्रतीक मानिन्छ।

गणेश चतुर्थीको अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विनायक मन्दिरहरूमा भक्तजनको भीड लागेको छ। श्रद्धालुहरूले पूजा, अर्चना र प्रसाद चढाउँदै गणेशको कृपा प्राप्तिको कामना गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.