भर्खरै : Sorry, your browser does not support inline SVG.

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो

काठमाडौं, २६ असार । काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

वीर अस्पतालका चिकित्सकका अनुसार शुक्रबार बिहान ११:२० बजे उनको मृत्यु भएको हो। प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ, एनेस्थेटिस्ट तथा नर्सिङसहित २१ सदस्यीय स्वास्थ्यकर्मी टोलीले उपचार गरे पनि उनलाई बचाउन सम्भव भएन।

गणेश नेपालीले बिहीबार त्रिपुरेश्वर क्षेत्रमा महानगर प्रहरीले आफ्नो मोटरसाइकलमा ह्विल लक लगाएपछि आफ्नै शरीरमा ज्वलनशील पदार्थ छर्केर आगो लगाएका थिए। घटनापछि उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो।

मुगुको सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा गणेश नेपाली विगत दुई वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए।

स्थानीय जनप्रतिनिधिका अनुसार उनी केही महिनादेखि रोजगारीको सिलसिलामा काठमाडौंमा रहेका थिए। उनका परिवारको आर्थिक अवस्था कमजोर रहेको पनि जनाइएको छ। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.