भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

‘भूतप्रेत भगाउन’ आज घण्टाकर्ण पर्व मनाइँदै

‘भूतप्रेत भगाउन’ आज घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं ।  नेवार समुदायमा घण्टाकर्ण पर्व मनाइँदैछ। श्रावण कृष्ण चतुर्दशीमा घण्टाकर्ण अर्थात् गठेमंगल पर्व मनाउने परम्परा छ।

गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वड्ग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामंगल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास गरिन्छ। स्थान एवं कुल परम्पराअनुसार कतै भने गठामङ्गललाई खोला वा नदी किनारमा लगेर जलाइन्छ।​

गोपाल वंशावलीअनुसार​ गठामंगललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइन्छ। यसलाई नवविवाहित स्त्रीपुरुषले दर्शन गर्नुपर्ने चलन छ। यस्तो परम्परा अहिले पनि राजधानीको तीनै शहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ। यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ। आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्त्वपूर्ण पर्व मान्दै आएका छन्।

यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गर्ने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ। रासस

 


Thali Mobile Pvt.Ltd.