काठमाडौं । नेवार समुदायमा घण्टाकर्ण पर्व मनाइँदैछ। श्रावण कृष्ण चतुर्दशीमा घण्टाकर्ण अर्थात् गठेमंगल पर्व मनाउने परम्परा छ।
गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वड्ग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामंगल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास गरिन्छ। स्थान एवं कुल परम्पराअनुसार कतै भने गठामङ्गललाई खोला वा नदी किनारमा लगेर जलाइन्छ।
गोपाल वंशावलीअनुसार गठामंगललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइन्छ। यसलाई नवविवाहित स्त्रीपुरुषले दर्शन गर्नुपर्ने चलन छ। यस्तो परम्परा अहिले पनि राजधानीको तीनै शहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ। यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ। आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्त्वपूर्ण पर्व मान्दै आएका छन्।
यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गर्ने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा आठ सय घटेको...
काठमाडौँ, २९ चैत । सार्वजनिक खरिदसम्बन्धी ऐनलाई सङ्घीय संरचनाअनुरुप समयानुकूल बनाइनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।राष्ट्रियसभा अन्तगर्तको सार्वजनिक नीति तथा विधायन समितिको आज सिंहदरबारमा भएको बैठकमा समिति सदस्यहरूले सार्वजनिक...
काठमाडौँ , २९ चैत। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सरकार लागिरहेको बताएका छन् ।अन्तरराष्ट्रिय सडक बालबालिका दिवसको सन्दर्भमा साथसाथ नामक...
बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेशले यथाशीघ्र विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने बताएका छन्।यातायात व्यवस्था कार्यालय हेटौँडाको आज निरीक्षण गर्दै उनले सेवाग्राहीले बैंकमा लाइन...