भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

गट्ठाघर घटनाको छानबिन गर्ने गृहमन्त्रीको आश्वासन

गट्ठाघर घटनाको छानबिन गर्ने गृहमन्त्रीको आश्वासन

काठमाडौं । गट्ठाघर दुर्घटनामा ओखलढुंगाका उत्तम कोइरालाको मृत्यु भएको घटनाबारे छानबिन गर्न माग गरिएको छ । कोइरालाले चलाइरहेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा भक्तपुरको गट्ठाघरमा उनको मृत्यु भएको थियो ।

सांसदको नेतृत्वमा ओखलढुंगाको प्रतिनिधिमण्डल, ट्राफिक असावधानीले घटना घटेको भन्दै गृहमन्त्री रमेश लेखकसँग छानबिनको माग गरेका हुन् । गृहमन्त्रालय पुगेर प्रतिनिधिमण्डलले घटनाबारे छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो । प्रतिनिधिमण्डललाई गृहमन्त्री लेखकले घटनाबारे छानबिन गर्ने आश्वासन दिएका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले यो घटनालाई प्रहरीले सामान्य रूपमा नलिएको बताए । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई सोही दिशामा पछि रहेको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.