भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

गाजामा कुपोषणबाट थप ११ जनाको मृत्यु, मानवीय संकट गम्भीर बन्दै

गाजामा कुपोषणबाट थप ११ जनाको मृत्यु, मानवीय संकट गम्भीर बन्दै

गाजा, २५ साउन । इजरायली आक्रमण जारी रहेका गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुपोषणका कारण मृत्यु हुनेहरूको संख्या २१२ पुगेको छ, जसमा ९८ जना बालबालिका रहेका छन्।

इजरायली सैन्य कारबाहीका कारण पछिल्लो २४ घण्टामा कम्तीमा ३८ जनाको मृत्यु र ४९१ जना घाइते भएका छन्, बीबीसीले मन्त्रालयलाई उद्धृत गर्दै जनाएका छन्।

यसैबीच, इजरायलले गाजालाई पूर्ण रूपमा नियन्त्रणमा लिने नयाँ योजना सार्वजनिक गरेको छ। यो योजना अनुसार गाजाका करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ सारिने प्रस्ताव छ। तर, मानवअधिकार समूहहरू र विभिन्न देशहरूले यस योजनाको कडा विरोध गरेका छन्। उनीहरूले यसले गाजामा मानवीय संकट अझै विकराल हुने चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघले पनि गाजामा खाद्य संकट चरम अवस्थामा पुगेको जनाएको छ। पछिल्लो २४ घण्टामा खाद्यान्न लिन लाइनमा रहेका कम्तीमा २१ जनाको मृत्यु भएको छ।

इजरायलले आगामी ७ अक्टोबरपछि गाजालाई पूर्ण नियन्त्रणमा लिने योजना अनुसार थप कारबाही गर्ने तयारी गरेको छ। हालसम्म गाजामा झण्डै ६२ हजार मानिस मारिएका छन्।

 


Thali Mobile Pvt.Ltd.