भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

जेठ १८ र १९ गते उपत्यका व्यापी पुम्से तथा गेरोगी तेक्वान्दो प्रतियोगिता हुने

जेठ १८ र १९ गते उपत्यका व्यापी पुम्से तथा गेरोगी तेक्वान्दो प्रतियोगिता हुने

भक्तपुर । भक्तपुरमा जेठ १८ र १९ गते उपत्यका व्यापी पुम्से तथा गेरोगी तेक्वान्दो प्रतियोगिता हुने भएको छ । विद्यालयहरुमा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुलाई प्रोत्साहन तथा हौसला दिनको लागि उक्त प्रतियोगिता गर्न लागेको बिहीबार पत्रकार सम्मेल गरि नेपाल तेक्वान्दो संघ भक्तपुरले जनाएको छ ।Gerogi Taekwondo competition

जिल्ला तेक्वान्दो संघले डोजाङ र विद्यालयबाट राष्ट्रिय खेलाडी तयार गर्ने उद्देश्यले मिति उपत्यका व्यापी पुम्से तथा गेरोगी तेक्वान्दो प्रतियोगिता गर्न लागियोको प्रतियोगिता संयोजक बालकृष्ण साँधले जानकारी दिनुभयो । तियोगितामा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रे जिल्लाका डोजाडहरुबाट खेलाडीहरु सहभागी भएको हुने उहाँले बताउनुभयो ।

दुई दिन चल्ने प्रतियोगितामा पुरुष जुनियर तर्फ क्रमशः २० के.जी. मुनि, २२ के.जी मुनि, २४ के.जी. मुनि, २७ के.जी. मुनि, ३० के.जी. मुनि, ३३ के.जी.मुनि, ३६ के.जी मुनि, ३९ के.जी मुनि, ४२ के. जी मुनि, ४६ के.जी. मुनि, ५० के.जी. मुनिका गरी जम्मा ११ समूह हुने संघका अध्यक्ष श्याम तजलेले बताउनुभयो ।उहाँले पुरुष सिनियर तर्फ क्रमशः ५४ के.जी.मुनि, ५८ के. जी मुनि समूहका लागि जम्मा २ समूह हुने र महिला जुनियरतर्फ क्रमशः २२ के.जी मुनि, २५ के.जी मुनि, २८ के.जी मुनि, ३१ के. जी मुनि, ३४ के. जी मुनि, ३७ के.जी मुनि, ४० के.जी मुनि, ४३ के जी मुनि, ४६ के. जी मुनिका गरी जम्मा ९ समूह हुने जानकारी दिलनुभयो ।Gerogi Taekwondo competition

प्रतियोगितामा महिला सिनियरतर्फ क्रमशः ४९ के.जी मुनि, ५३ के.जी मुनिका गरी जम्मा २ समूह हुने र पुम्से तर्फ पुरुष १२–१४ वर्ष क्यडेट, १७ वर्ष मुनि पुरुष, सिनियर पुरुष र महिला १२–१४ वर्ष क्याडेट, १७ वर्ष मुनि महिला, सिनियर पुरुष र महिलाको पुम्से हुनेछ ।

प्रतियोगिता गेरोगीमा पुरुष र महिला समूहमा २४ वटा र पुम्सेमा पुरुष र महिला समूहमा ६ वटा गरी जम्मा ३० वटा स्वर्ण पदकको लागि खेलाडीहरु सहभागी भएको आयोजको भनाई छ । प्रतियोगितामा ३५ डोजाङहरुबाट २ सय ३९ खेलाडीहरु सहभागी हुने र प्रथम, द्वितीय र तृतीय हुने टिमलाई ट्रफी र नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकको भनाई छ।

 


Thali Mobile Pvt.Ltd.