भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

तोलामा २ हजार रुपैयाँले घट्यो सुनको भाउ

तोलामा २ हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं, ४ पुस । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ।

यसअघि अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम रहेको थियो। महासंघका अनुसार गत सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

 


Thali Mobile Pvt.Ltd.