भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

तीन दिनको नयाँ रेकर्डपछि घट्यो सुनको भाउ

तीन दिनको नयाँ रेकर्डपछि घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा तीन सयले घटेको छ। बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ। बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो।

बुधबार प्रतितोला एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ। बुधबार प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ६० निर्धारण भएको छ।

 


Thali Mobile Pvt.Ltd.