भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार

सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार

काठमाण्डौ । शुक्रबार सुन तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको छ । यो हप्ता तोलामै दुई हजार चार सय रुपैयाँले सुन बढेको छ । गएको आइतवारदेखि लगातार कीर्तिमान कायम गर्दै आएको छ ।

गएको आइतवार सुनको भाउ तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ थियो । आइतवार एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर सुनको भाउले कीर्तिमान बनाएको थियो । त्यसअघि शुक्रवार सुनको भाउ तोलाको एक लाख ५७ हजार एक सय रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार अहिलेसम्मकै उच्च भाउ हुँदा सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ भने अस्ति, हिजो र आज यथावत् रहेको छ । चाँदी आज तोलाको एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै गएको भदौ ३१ गते सुनको भाउ तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ थियो । असोज ७ गते सोमवार सुनले नयाँ कीर्तिमान बनाउँदा तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ थियो ।

 


Thali Mobile Pvt.Ltd.