सर्लाही । हरिपुर्वा नगरपालिका ५ मा गोली हानेर एक महिलाको मृत्यु भएको छ । एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ । आज बिहान करिब पौने २ बजे गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको सर्लाहीका डिएसपी दीपक श्रेष्ठले बताए । गोली लागेर मृतक चित्रलेखाका ससुरा ५४ वर्षीय रामदिनेश राय घाइते छन् । उनको वायाँ हातमा गोली लागेको छ ।
घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । गोली हानेर फरार भएका व्यक्तिको खोजी भइरहेको डिएसपी श्रेष्ठलेको भनाइ छ । सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ ।चित्रलेखाका श्रीमान् एक महिना अघि मात्र कुवेतबाट घर आएका थिए । घर आएदेखि परिवारका सदस्यहरुसँग बेलाबेला झगडा हुने गरेको डिएसपी श्रेष्ठले बताए । त्यसपछि उनी घरबाट हिँडेका थिए ।
गएराति एक्कासी एकजना साथीसँग मोटरसाइकलमा आएको र घरमा गोली प्रहारको घटना भएको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्ति चित्रलेखाकै श्रीमान् हुन् वा उनले अरु कसैलाई गोली हान्न लगाएका हुन या कसैले उनलाई परिवन्धमा पारेर गोली हानेका हुन भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले चित्रलेखाका श्रीमानको नाम गोप्य राखेको छ । चित्रलेखाका श्रीमानले नै श्रीमती र बुवालाई गोली हानेर फरार भएको टिपोट अहिले सार्वजनिक गरेको छ ।
घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डिएसपी दीपक श्रेष्ठको नेतृत्वमा २० जनाको टोली बिहान घटनास्थल पुगेको थियो । घटनामा सानो हतियारको प्रयोग भएको छ । उक्त हतियारको दुई राउण्ड खोका र एक राउण्ड मिस फायर भएको गोली फेला परेको छ । चौकीबाट करिब एक किलोमिटर र जिल्ला प्रहरी कार्यालयबाट करिब १४ किलोमिटरको दुरीमा पर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । झापाबाट दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ परेका छन् । झापामा १६३६ किलो गाँजासहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । इलामबाट झापातर्फ आउँदै गरेको को १ ख...
झापा । झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको छ । दमकस्थित इलाका प्रहरी कार्यालयकाअनुसार सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद...
जनकपुर । धनुषा प्रहरीले आफ्नै डिएसपीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको ‘डिएसपी (प्रहरी नायब उपरीक्षक) हुँ’ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । आफू डिएसपी भएको...
पर्वत । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ। पार्टी प्यालेसबाट झण्डै १५ लाख रुपैयाँ चोरी गरेका दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । गत...