भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्फ्यू उल्लंघन ८२ राउन्ड गोली चल्यो, दर्जनबढी घाइते

कर्फ्यू उल्लंघन ८२ राउन्ड गोली चल्यो, दर्जनबढी घाइते

सुनसरी । हरिनगरा गाउँपालिकामा एक समूहले एकजनालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि स्थिति तनावपूर्ण बनेको छ। बिहीबार दर्जनभन्दा बढीको समूहले स्थानीय जीवन मेहतालाई कुटपिट गरेपछि तनावपूर्ण बनेको हो ।

सर्वसाधारण बाँसको भाटा लिएर प्रदर्शनमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालायले गाउँपलिकाको २ वटा वडामा शुक्रबार १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यूलगाएको थियो। कर्फ्यूपश्चात् पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको छ।

प्रहरीको गोली र लाठी लागेर १० प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनकारीको ढुंगा प्रहारबाट १५ जना प्रहरी घाइते भएका छन् । सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार कर्फ्यू उल्लंघन गरेर शान्ति सुरक्षा खल्बलाएका कारण नेपाल प्रहरीले ३१ राउन्ड र सशस्त्र प्रहरीले ५१ राउन्ड गोली चलाएको थियो। गोली लागेर घाइते भएका पाँच जना डिस्चार्ज भएको र अन्य पाँच जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

कर्फ्यू उल्लंघन गर्दै पाँच हजारभन्दा बढीको संख्यामा एकअर्कामा आक्रमणमा उत्रिएपछि भिड नियन्त्रणका लागि प्रहरीले दर्जनौं पटक हवाई फायर र अश्रुग्यास प्रहार गरेको सुनसरीका प्रहरी प्रमुख रेग्मीले बताए । इनरुवा नगरपालिका, हरिनगरा, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा शुक्रबार अपराह्न ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी भएको छ ।

भिड नियन्त्रणका लागि दुवै समुदायका अग्रजहरूलाई बोलाएर घटना साम्य पार्ने प्रयास भइरहेको बताए । उक्त स्थानमा स्थानीय प्रशासनले व्यापक प्रहरी परिचालन गरी कर्फ्यू जारी राखेको छ। जातीय दंगा भड्किन नदिन सुनसरीको इनरुवा, कोशी, भोक्राहा नर्सिङ, हरिनगरा र देवानगन्जमा नेपाली सेना परिचालन गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.